रम्भामा दोहोरिए पुरानै अनुहार, जिससमा एमालेकै वर्चस्व
पाल्पा ।
जिल्लाको रम्भा गाउँपालिकामा पुरानै अनुहारका द्वय जनप्रतिनिधि दोहोरिएका छन् । नेकपा एमालेबाट उमेदवार बनेका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २०७४ सालको निर्वाचनमा बिजयी उमेदवार हुन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेका उम्मेदवार बिष्णु भण्डारीले ५ हजार ५ सय ८६ मत प्राप्त गरि रम्भा गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकै उमेदवार राधा श्रेष्ठले ५ हजार ७ सय १९ मत प्राप्त गरि विजयी हुनुभयो ।
अध्यक्ष भण्डारीका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका दुर्गा अधिकारीले ४ हजार ५ सय ४२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिष्णु थापाले ५ हजार ५८ मत प्राप्त गर्नुभयो ।
५ वडा रहेको रम्भा गाउँपालिकाको वडा नं. २, ४ र ५ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । यस्तै वडा नं. १ र ३ मा भने नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन् । वडा नम्बर १ मा गठबन्धनका २ र नेकपा एमालेका २ सदस्य निर्वाचित हुन पुगेका छन् ।
रम्भा गाउँपालिकामा कुल १७ हजार ६ सय ६३ मतदाता रहेकामा ११ हजार ४ सय ५४ मत खसेको थियो ।
गत बैशाख ३० गते नै रातीदेखि मतगणना शुरुभएकोमा ताहुको मतगणनामा बिबाद भएपछि गणना स्थगित भएर निर्वाचन आयोगको पत्रपछि गत शुक्रबार देखि पुनः मतगणना शुरु भएको थियो ।
रम्भाको मतगणनाको नजिता आए संगै पाल्पाको जिल्ला समन्वय समिती नेकपा एमालेको बर्चस्व हुने भएको छ । अन्य ९ पालिकाको मतगणनापछि गठबन्धन र नेकपा एमालेका समान ९/९ जना पालिका प्रमुख/ उपप्रमुखमा बिजयी भएपछी रम्भ