५ बर्षे कार्यकाल सकिएर बिदाई हुदा भक्कानिय जनप्रतिनिधि
पाल्पा ।
पाल्पाका स्थानीय तहका जनप्रतिनिधिको बिदाई कार्यक्रममा प्रायः जनप्रतिनिधि भक्कानीयका छन् ।
स्थानीय तहको दोस्रो निर्वाचन बैशाख ३० मा सकिएर मतगणना पश्चात निर्वाचित भैसकेपछि पहिलो निर्वाचन २०७४ मा निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल अबधी बिहीवार देखि सकिएको छ ।

जिल्लाको रामपुर नगरपालिकाका सबै वडामा बिहिबार कार्यक्रम गरि ५ वर्षे कार्यकाल सकिएका जनप्रतिनिधिलाई बिदाई तथा नवनिर्वाचितलाई स्वागत गरिएको हो । वडा कार्यालयलाई आफ्नो घर र वडा टिमलाई परिवारका सदस्य सम्झी काम गरेका जनप्रतिनिधि छुट्टिनु पर्दा पीडा व्यक्त गएका थिए । कमै मात्रामा जनप्रतिनिधि दोहोरिएका छन् भने मतगणनाको नतिजा आएका अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएका छन् ।
पुरानो तथा निवर्तमान जनप्रतिनिधिको वडाको टिमले नयाँलाई स्वागत र कर्मचारीलाई सम्मान गरेको छ भने कार्यालयका कर्मचारीले वडा अध्यक्षलाई कार्यकाल सफल भएको स्मरणमा सम्मान गरेका छन् । निवर्तमान जनप्रतिनिधिहरुले नयाँ जनप्रतिनिधिहरुलाई स्वागत गर्नुका साथै पालिका तथा वडा कार्यालयको चुस्त कामबारे जानकारी गराएका थिए ।

रामपुर नगरपालिकाको १० बटै वडाले विहिबार वडा कार्यालयमा सरोकारवालाको रहोबरमा कार्यक्रम गरि मायाको चिनो सहित सम्मान गरेर निवर्तमान जनप्रतिनिधिलाई बिदाई गरेको छ । नगरपालिकाले कार्यपालिका सदस्य सहित विभिन्न समिति सदस्यलाई बुधबार सम्मान सहित बिदाई गरेको छ ।
रामपुर नगरपालिकाको वडा नम्बर ५ ले वडा कार्यालयमा वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा कार्यक्रम गरि नयाँ जनप्रतिनिधिहरुलाई स्वागत र निवर्तमान सदस्यलाई विदाई गरेको छ । वडा अध्यक्ष मल्लले ५ वर्षको अबधिमा गरेका काम र गर्ने चाहाना हुदा हुँदै कोभिडका कारण रोकिएका कामबारे प्रकाश पार्नुभयो । उहाँले शुरुमा बस्ने ठेगान नभएको अबस्थालाई स्मरण गर्दै कर्मचारी अभाव, नीति नियम कानुन निर्माण र कोभिडले सोचे अनुरुप काम गर्न नसकिएको बताउनुभयो ।

नवनिर्वाचित वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सबैको साथले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचित वडा सदस्यहरु इश्वरी कुमारी काफ्ले, माया नेपाली, युवराज शाही र नरेन्द्र कुमार जर्घाले स्थानीय तहको सस्थापक जनप्रतिनिधिको सिकाई रहेकोले हरेक समय सल्लाह सुझाब लिएर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर ५ का उपसभापति द्दय भोज बहादुर राना, मित्रलाल गैरे, नेकपा एमाले रामपुर ५ का अध्यक्ष मिनराज रेग्मी, एकिकृत समाजवादी रामपुर नगर उपाध्यक्ष रामप्रसाद भण्डारी र पत्रकार सीता डोटेलले बधाई शुभकामना संगै रामपुरको मुटु रामपुर ५ को बिकासमा दत्तचित्त हुन अनुरोध गर्नुभयो ।
वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षता, निवर्तमान वडा सदस्य सावित्रा गौतमको स्वागत, वडा सदस्य काशीनाथ रेग्मीको धन्यवाद र वडा सचिव रजनी भण्डारीको संचालनमा कार्यक्रम भएको हो ।

रामपुर नगरपालिका १ ले वडा कार्यालयमा नवनिर्वाचितलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिलाई बिदाई गएको छ । नवनिर्वाचित वडाअध्यक्ष कपिल खाणले वडालाई बिकट नभई सेवामा पहुँच दिने गरि नागरिकको सेवामा लाग्ने बताउनुभयो । वडा अध्यक्ष मित्रलाल कडेलले वडाका काम र विकासलाई मध्यनजर गर्दै कम गएको र केही काम अझ बाकी रहेको बताउनुभयो ।
रामपुर नगरपालिका ६ ले पनि बिहीवार निवर्तमान जनप्रतिनिधिलाई बिदाई तथा स्वागत गएको छ । नवनिर्वाचित वडा अध्यक्ष दिवाकर देवकोटाले वडाका योजनामा जनताको साथ लिएर काम गर्ने बताउनुभयो । वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडाको गतिबिधीबारे बोल्नुभएको थियो।