2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर १ मा नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी

रामपुर १ मा नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९
2.2K

पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी भएको छ ।

नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवार कपिल बहादुर खाण सहितको प्यानल बिजयी भएको हो । अध्यक्ष खाणले ९४७ ल्याएर जित हासिल गर्दा उहाँका प्रतिद्वन्दी नेकपा एमालेका मीन बहादुर खाणले ७५१ मत ल्याउनु भएको छ । त्यस्तै महिला सदस्यमा देवका पोख्रेल ८९५ , दलित महिला सदस्य जिवनमाया सार्कीको ९१४ र सदस्य नारायण चन्द ठकुरी र मदन खाण ठकुरीको समान ९००/९०० मत आएको छ ।

त्यस्तै नेकपा एमालेका महिला सदस्य तर्फ ७९७ मत, दलित महिला सदस्य बिष्णु कुमारी बिकको ७७८ मत र खुला सदस्यमा पुर्ण बहादुर अर्दलीको ७७५ र अर्का खुला सदस्य हेमसरा सारुको ७६९ मत आएको छ । वडा नम्बर १ मा नगरप्रमुखमा नेपाली काङ्ग्रेसलाई ८९२ मत र उपप्रमुखमा ८९४ मत र नेकपा एमालेको प्रमुखमा ८०२ मत र उपप्रमुखमा ८०९ मत प्राप्त भएको छ । वडा नम्बर १ मा हलोले नगरप्रमुखमा र उपप्रमुखमा १/१  र स्वतन्त्र पुतलीले १ मत प्राप्त गरेको छ । भने १२ मत बदर भएको छ ।

रामपुर नगरपालिका १ गाडाकोटमा २५ बर्षपछी नेपाली काङ्ग्रेसले प्यानल सहित जितेको हो । यो वडा नेकपा एमालेका साम्सद, प्रदेश सह संयोजक एवं पुर्व मन्त्री दल बहादुर रानाको वडा हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com