2

Logo २०८३ बैशाख १३ आइतबार
निर्वाचनका लागि पाल्पा जिल्ला प्रशासनका आशिंक काम ५ दिन स्थगित

निर्वाचनका लागि पाल्पा जिल्ला प्रशासनका आशिंक काम ५ दिन स्थगित


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख २४ २०७९
792

पाल्पा ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले निर्वाचनलाई मध्यनजर गर्दै पाच दिनका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा स्थगन गरेको छ ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी सेवा बन्द गर्न लागिएको बिज्ञप्ति निकालेर जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तद्दारा हस्ताक्षरित बिज्ञप्ति अनुसार कार्यालयका कर्मचारी निर्वाचन मतदान केन्द्रहरुमा खटिनु पर्ने भएको हुँदा वैशाख २५ गते आइतबारदेखि ३० गतेसम्म नागरिताको प्रमाणपत्र, नावालिक परिचयपत्र, पेन्सन तथा अन्य सिफारिसहरु स्थागित गरिएको हो । ३० गते स्थानीय तहको निर्वाचन हुदैछ ।

यस्तै, बैशाख ३१ गते शनिवार र जेठको १ र २ गते सार्वजनिक विदा परेको हुँदा जेठको ३ गतेपछि मात्रै कार्यालय नियमित रुपमा खुल्ने तयारी भएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com