2

Logo २०८३ बैशाख १३ आइतबार
चुनाबका बेला वडा सभापतिको गोठमा आगजनी

चुनाबका बेला वडा सभापतिको गोठमा आगजनी


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख २४ २०७९
1K

पाल्पा,
स्थानीय तहको निर्वाचन नजिकिदै जादा नेपाली कांग्रेस रामपुर ६ का वडा सभापति गोविन्द प्रसाद देवकोटाको गोठमा आगजनी भएको छ ।

घरकै आडमा रहेको गोठको झ्यान्कटमा शुक्रवार राती सवा १२ बजेतिर अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट ठूलो क्षति हुन पाएन। गोठमा बस्तुभाउ सहित मोटरसाइकल र स्कुटर समेत रहेकोमा तोरीको गट्टेमा आगो सल्कदै गर्दा छिमेकीले देखेपछि आफुहरुलाई चिच्याएको देवकोटाले बताउनुभयो ।

हामी सबै सुतिसकेका थियौ पल्लो घरको बुवा ट्वाइलेट जान निस्केको बेलामा देखेर हल्ला गर्नुभयो । नत्र गोठ, गोठको पराल, सवारीसाधन र जोडिएको घरमा पनि क्षति हुन्थ्यो ।

आगोलागी किन र कस्ले लगायो भन्ने अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर के.सी.ले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस रामपुर नगर समितिले शनिबार एक विज्ञप्ती जारी गर्दै पार्टीका वडा सभापतिको घरमा राजनितिक प्रतिशोधले भएको घटनाप्रति भत्सर्ना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com