2

Logo २०८३ बैशाख १३ आइतबार
पर्सामा गोली चल्यो, अनुसन्धान जारी-प्रहरी

पर्सामा गोली चल्यो, अनुसन्धान जारी-प्रहरी


Sabalnews प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
1.3K

पर्सा ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बिहिबार राती गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा राति करिब साढे ९ बजेतिर गोली चलेको हो ।

स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेको बताएका छन् । स्थानीयले गोलीको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने नखुलेको बताउनुभयो। घटनाबारे अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com