2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा पुरुषको भन्दा महिला मतदाताको संख्या धेरै

पाल्पामा पुरुषको भन्दा महिला मतदाताको संख्या धेरै


सीता डोटेल प्रकाशित मिति : सोमबार, बैशाख १९ २०७९
1.6K

पाल्पा ।

स्थानीयतहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै रहेको छ । पुरुषको दाजोमा जिल्लामा ६ हजार ३ सय ३० जनाले महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा १ लाख ३ हजार १० जना महिला मतदाता रहेका छन् भने ९६ हजार ६ सय ८० पुरुष मतदाता छन् । जिल्लाको १० पालिका मध्ये तिनाहुँ गाँउपालिका बाहेक अन्य पालिकामा महिलाको मतदाता संख्या बढी रहेको छ । तिनाहुँ गाउँपालिकामा पुरुष ७२४५ रहदा महिला ७१४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् । पाल्पाको तानसेन नगरपालिकामा १७१३, रामपुर नगरपालिकामा १५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भा गाउँपालिकामा ६८७, पुर्वखोला गाउँपालिकामा ६४०, माथागढी गाउँपालिकामा ३८७, रिब्दीकोट गाउँपालिकामा ३७३, रैनादेवी छहरा गाउँपालिकामा १६७, तिनाहुँ गाउँपालिकामा १०४, र निस्दी गाउँपालिकामा ९३ महिला मतदाता बढी रहेका छन् ।

१० पालिका मध्ये मतदान स्थल र केन्द्र तानसेनमा धेरै छन् । तानसेन नगरपालिकामा सबैभन्दा बढी २२ मतदान स्थल र ४४ केन्द्र छ भने सबैभन्दा कम पुर्वखोला गाउँपालिकामा ९ मतदान स्थल र १७ केन्द्र रहेको छ । पाल्पामा कुल ११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहेको छ । सबैभन्दा कम मतदाता तिनाहुँ गाउँपालिका ६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १८१ मतदाता रहेका छन् ।

मतदान स्थल र मतदाताको संख्या अनुसार कर्मचारी र सुरक्षा व्यवस्था परिचालन हुने निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गत अर्यालले जानकारी दिनुभयो । थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले १ हजार बढी महिला पुरुष म्यादी प्रहरीलाई तालिम पश्चात् मतदान स्थल क्षेत्रमा खटाएको छ । भयरहित वातावरणमा सबै मतादाताहरु निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्ला स्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारीमा रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहेको पाल्पामा सोही अनुसार सुरक्षा र कर्मचारीको आबश्यकता पर्दछ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार पाल्पामा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता छन् । मतदाता संख्यामा सबैभन्दा धेरै तानसेन नगरपालिका र थोरै पुर्वखोला गाउँपालिका रहेको छ । निर्वाचन कार्यालयद्धारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७ सय ६९ जना र पुर्वखोला गाउँपालिकामा १३ हजार ६ सय ९८ जना मतदाताले मतदानको अधिकार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com