रामपुर अस्पतालमा ८ महिनापछि पुनः गर्भवती शल्यक्रिया सेवा सुरु
पाल्पा ।
शल्यक्रिया सेवा शुरु भएको ५ महिनामै सेवा बन्द भएको पाल्पाको रामपुर अस्पतालमा पुनः शल्यक्रिया सेवा शुरु भएको छ ।
सदरमुकामदेखि झण्डै ६५ किलोमिटर पुर्व अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउदा सुत्केरी हुन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको थियो । स्वास्थ्यकर्मीको अभावमा गत भदौदेखि शल्यक्रिया सेवा बन्द रहदै आएको थियो । सेवा शुरु भएलगत्तै निस्दी गाउँपालिका ७ ज्यामिरेकी २० वर्षकी बिलकुमारी रानाको शल्यक्रियामार्फत बुधबार छोरी जन्माएको हो । समय, साथमा आफन्त र ठुलो खर्च बोकेर सदरमुकाम वा अन्य शहरका अस्पतालमा सुत्केरी हुन जानुपथ्र्यो, गाउँकै अस्पतालमा सेवा पाउँदा बिलकुमारी र उनका परिवार खुसी छन् । सामान्य रुपमा बच्चा जन्माउने प्रक्रिया असफल भएपछि आकस्मिक अपरेशसन गरिएको अस्पतालको निमित्त मेसु विजय परिवारले जानकारी दिनुभयो । एमडिजिपी डा.रन्दिप राउतको नेतृत्वमा पुनः शल्यक्रिया सुचारु भएकोे हो ।अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट परियारका अनुसार चिकित्सकको व्यवस्थापन भएपछि सेवा पुनः सुरु भएको हो । चिकित्सक अभाव र प्राविधिक समस्याले अस्पतालमा झण्डै सात महिना शल्यक्रियाबाट प्रसूति सेवा रोकिएको थियो ।
१५ वर्षको उमेरमा बिहे गर्नुभएकी रानाको पहिलो सन्तानको शल्यक्रिया सफल भएको छ डा.राउतले भन्नुभयो-स्रोत साधन र टिमले अब शल्यक्रियालाई निरन्तरता दिनेछौ ।

विस २०७७ साल फागुन १६ गते तत्कालिन सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालमा शल्यक्रिया सेवा शुरु गरेका थिए । सोही वर्षको अन्तिम दिन चैत मसान्तमा पहिलो पटक निस्दी ५ की महिलाको शल्यक्रियाबाट बच्चा जन्माइएको थियो । तत्कालीन डा.वासुदेव सुवेदीसहितको ७ जनाको टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो । त्यस यता नियमित रुपमा डा सुवेदी नेतृत्वको टोलीले शल्यक्रियामार्फत सफल प्रसूति सेवा दिएको थियो । डा. सुवेदीको अन्यत्र सरुवा भएपछि उक्त सेवा बन्द भयो । सो समयमा २७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतमले जानकारी दिनुभयो । पहिलो शल्यक्रिया गर्दा डर थियो, टिम सफल भएपछि अन्य अप्रेशनमा आत्मबल बढेर शल्यक्रिया सबै सफल बनाउन सकिएको उहाँको भनाई छ । यस आ.व साउनदेखि हालसम्म अस्पतालमा २०९ जनाले सामान्य र जटिल (अप्रेसन) प्रसूति सेवा लिएका छन् ।
‘‘हामीले मेलापाता गोठालोमा केटाकेटी जन्माइयो हुर्काइयो, बिलकुमारीकी सासु इमिसराले भन्नुभयो-अहिले अस्पताल जानुपर्छ भन्ने भएर ल्याएको यही बच्चा पाएपछि अझ सजिलै भयो’’। विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको रामपुर अस्पतालमा झण्डै २५ वर्षपछि मात्रै शल्यक्रिया सेवा थालनी भएको थियो । २०७२ सालमा ५० शैंयाको अस्पतालमा स्तरउन्नति भएकोमा सो अनुसारको टट्कारो सेवा दिन सकेको छैन । हालपनि १५ शैयाकै अबस्थामा सञ्चालित छ । पटक-पटक म्याद थप भएको अस्पतालको भवन निर्माणाधिन अबस्थामा छ । हाल गर्भवति महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफार लगायतको सेवा दिने गरी निक साइमन्स इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालनी गरिएको हो ।
विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको उक्त अस्पतालमा झण्डै २५ वर्षपछि शल्यक्रिया सेवा सुरु भएको थियो । शल्यक्रिया अन्तर्गत गर्भवती, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफारलगायत सेवा दिने गरी निक साइमन्स् इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालिएका हो ।
चार जिल्लाको संगम रामपुरमा हाल पनि दैनिक २ देखि ३ सय बिरामीले सेवा लिदै आएका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व (नवलपुर) को केन्द्रबिन्दु रामपुर अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दो छ । सेवालाई चुस्त दुरुस्त बनाउने आम नागरिकलाई स्थानियस्तरमा नै सहज स्वास्थ्य सेवा दिन समिति लागिपरेको रामपुर अस्पताल सञ्चालन समितिका अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो ।