सातामा दुई दिन बिदा दिने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं–
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय बारे जानकारी दिदै भन्नुभयो । अन्यबार बिहान ९.३० देखि ५.३० बजेसम्म कार्यालय खुल्नेछ ।
इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि गरेको थियो ।