लुम्बिनी मेडिकल कलेजको पाँचौ तलाबाट हाम फाल्दा बिरामीको गयो ज्यान
पाल्पा ।
पाल्पाकाे लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको ज्यान गएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको हाम फालेर निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
गत बैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । लडेर घाइते भएका सोमईलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएकोमा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमईले अस्पतालको पाचौं तलाबाट हाम फालेको प्रहरीको भनाई छ ।
हाम फालेका साेमइको घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई अहिले पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताउनुभयो ।