पाल्पामा १ हजार १ सय ३३ जनाको उम्मेद्बारी दर्ता
पाल्पा ।
पाल्पामा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि १ हजार १ सय ३३ जनाले मनोनयन दर्ता गरेका छन् ।
जिल्लाको ८ गाउँपालिका र २ नगरपालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित सदस्यहरु गरि ४ सय २५ पदमा निर्वाचित हुनुपर्नेमा १ हजार १ सय ३३ जनाले उम्मेद्बारी दिएका हुन् ।
१० वटा पालिकाको प्रमुखमा ५१ जना, उपप्रमुखमा ३८ जना, ८१ वटा वडाको वडा अध्यक्षमा २४४ जना, ८१ जना महिला सदस्यमा १ सय ९७ जना, १६२ वटा खुला सदस्यमा ४२२ जना र ८१ जना दलित महिला सदस्यमा १ सय ८१ जना गरी कुल १ हजार १ सय ३३ जनाको उम्मेद्वारी परेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
सबैभन्दा बढी सदस्य पदमा मनोनयन दर्ता भएको छ ।