2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको रामपुर नगर प्रमुखमा ६ र उपप्रमुखमा ४ जनाको उम्मेद्बारी

पाल्पाको रामपुर नगर प्रमुखमा ६ र उपप्रमुखमा ४ जनाको उम्मेद्बारी


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९
1.5K

पाल्पा ।

स्थानीय तह निर्वाचनका लागि पाल्पाको रामपुर नगरपालिकामा नगर प्रमुखमा ६ जना र उपप्रमुखमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

नगर प्रमुखमा नेकपा एमालेबाट शिव अर्याल, नेपाली कांग्रेसबाट रमण बहादुर थापा,  राष्ट्रिय प्रजातन्त्र पाटीबाट राजेन्द्र ढकाल, जनता समाजवादी पार्टी नेपालबाट निराजन रेग्मी, स्वतन्त्रमा प्रेम प्रकाश श्रेष्ठ र मंगोल नेशनल अर्गनाईजेशनबाट माया सुनारीले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै उपप्रमुखमा ४ जनाको मनोनयन दर्ता भएको छ ।नेकपा एमालेबाट दुर्गा देवी राना, नेपाली कांग्रेसबाट बालकुमारी थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट गायत्री न्यौपाने र मंगेल नेशनल अर्गनाईजेशन बाट भिम बहादुर आलेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१० वडा रहेको रामपुरमा नेपाली कांग्रेस र एमालेले १० वटै वडाबाट अध्यक्ष सहितको उम्मेदवार उठाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा वडा र नेकपा एकिकृत समाजबादीले २ वटा वडामा अध्यक्ष सहितको उम्मेदवारको मनोनयन दर्ता गराएको जनाएको छ।

वडा अध्यक्षमा कांग्रेसबाट वडा नं. १ को वडा अध्यक्षमा कपिल बहादुर खाँण, २ मा कृष्ण बहादुर दर्जी, ३ मा उमनाथ अर्याल, नं. ४ मा राम बहादुर राना,५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ मा दिवाकर देवकोटा, वडा नं. ७ मा दोवराज तिवारी, वडा नं. ८ मा मोहन श्रेष्ठ, वडा नं. ९ मा डिल बहादुर राना र वडा नं. १० मा विजय रानाको मनोनयन दर्ता भएको छ ।
नेकपा एमालेबाट रामपुर १ को अध्यक्षमा मिन बहादुर खाँण, २ को अध्यक्षमा कृष्ण बहादुर थापा, वडा नं. ३ को अध्यक्षमा दामोदर पाठक, वडा नं. ४ को अध्यक्षमा विष्णु बहादुर सारु, ५ को अध्यक्षमा श्याम कुमार श्रेष्ठ, वडा नं. ६ को अध्यक्षमा जनक भण्डारी, ७ को अध्यक्षमा शंकर प्रसाद गौतम, वडा नं. ८ को अध्यक्षमा दिनेश आचार्य, वडा नं. ९ को अध्यक्षमा नेत्र बहादुर गाहा, वडा नं. १० को अध्यक्षमा तोयानाथ सारुको मनोनयन दर्ता भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं. ३ मा गोविन्द भट्टराई, वडा नं. ४ मा मोहम्द अलीम, वडा नं. ५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ मा हरि प्रसाद भण्डारी, वडा नं. ८ मा कृष्ण प्रसाद अर्याल, वडा नं. १० मा विष्नु प्रसाद भण्डारीलाई वडा अध्यक्षको उम्मेदवार पठाएको छ । नेकपा एकिकृत समाजवादी बाट वडा नं. ३ को अध्यक्षमा श्रीधर पराजुली, वडा नं. १० को अध्यक्षमा कृष्ण प्रसाद भण्डारीको मनोनयन दर्ता भएको छ ।

रामपुर नगरपालिकामा प्रेम प्रकाश श्रेष्ठको स्वतन्त्र उम्मेद्बारी परेको रामपुर नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका अनुसार मंगलबार विहान १० देखि उम्मेदवारको विरोधमा उजुरी दिने, १५ गते  ५ बजे सम्म उजुरी माथि जाँच बुझ गर्ने, १५ गते नै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा १६ गते १० बजे देखि ५ बजे भित्र लिन सक्नेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com