प्रमुख जिल्ला अधिकारी पन्त पहिलो दिन रामपुर क्षेत्रका एसईई परीक्षा केन्द्रमा
पाल्पा ।
शुक्रबारबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको पाल्पाका प्रमुख जिल्ला अधिकारीले जिल्लाका पुर्व क्षेत्रको विद्यालयको अनुगमन गर्नुभएको छ ।

एसईई परीक्षा समितिका अध्यक्ष समेत रहनु भएको प्रजिअ पन्तले रामपुरको ३ वटाबपरिक्षा केन्द्र सहित रम्भाको एउटा परीक्षा केन्द्रको अनुगमन गर्नुभएको हो । परीक्षा सौहार्द वातावरण भएको छ, रामतुलसी माबी परिक्षा केन्द्रको अबलोकन तथा अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो- सिस्टम र लगनशील भएपछि निकै प्रभाबकारी रुपमा परिक्षा चल्छन् । शुक्रबार उहाँले रामपुरको रामतुलसी मावि, जनबिकास मावि र दरैठाटी मावि परिक्षा केन्द्र साथै रम्भा हुगीको जनकल्याण मावि परीक्षा केन्द्रको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा केही विद्यार्थी अनुपस्थित भएकोमा के कारण विद्यार्थी अनुपस्थित भएका उनीहरुको विद्यार्थी र अभिभावकबाट जानकारी लिन उहाँले आग्रह गर्नुभयो ।

यस बर्ष पाल्पामा ४ हजार ८ सय ४१ जना परीक्षार्थी एसईईमा सम्मिलित छन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार नियमित तर्फ ४ हजार ७ सय ८३ र ग्रेड वृद्धि तर्फ ५८ जना परीक्षार्थी सहभागी हुन् । यी मध्य केही विद्यार्थी अनुपस्थित रहेका छन् । जिल्लाका १ सय ३६ विद्यालयबाट २ हजार ४ सय ५० छात्रा तथा २ हजार ३ सय ९१ छात्र एसईई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । जस अन्तर्गत सामुदायिक तर्फ १ सय १६, संस्थागत तर्फ २०, खुलामा १ र प्रविधिक तर्फ ११ विद्यालयका विद्यार्थीहरु सहभागी छन् । जिल्लामा २६ वटा केन्द्रमा छन् । परीक्षालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्ष, २ सय ४२ जना निरीक्षक, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहयोगी तथा ३ सय ९० जना सुरक्षाकर्मी खटिएका छन् ।

परीक्षाको परीक्षा समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारी, शिक्षकका पेशागत संघ संस्था, प्याव्सनका पदाधिकारीहरु बाट अनुगमन समेत गर्ने जनाएको छ ।
यस अघि कोभिड महामारीका कारण दुई वर्ष देखि भौतिक उपस्थितीमा एसईई परीक्षा हुन सकेको थिएन । आन्तरिक मुल्याङकनलाई परीक्षाको रुपमा लिईएको थियो ।