2

Logo २०८३ बैशाख १३ आइतबार
आपतकालीन अबस्थाका बालबालिकालाई रामपुर नगरपालिकाको सहयोग

आपतकालीन अबस्थाका बालबालिकालाई रामपुर नगरपालिकाको सहयोग


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
862

पाल्पा ।
रामपुर नगरपालिकामा स्थापित आपतकालीन बाल उद्दार कोषबाट आपतकालीन अबस्थाका  बालबालिकाले सहयोग रकम पाएका छन्।

रामपुर नगरपालिकाले समस्यामा परेका बालबालिकालाई सहयोग गर्ने गरि कोष स्थापना गरेको थियो । आपतकालीन बाल उद्दार कोष संचालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार रामपुर नगरपालिकाका विभिन्न वडाका ६ जना बालबालिकालाई राहत बितरण गरेको हो । रामपुर नगरपालिका १ का सुशान्त श्रेष्ठलाई स्वास्थ्य उपचार खर्च, रामपुर ८ का सुशील घर्ती, सागर श्रेष्ठ र जितनारायण श्रेष्ठलाई शैक्षिक सामाग्री खरिद सहजताको लागि राहत, रामपुर ६ का पदम बहादुर कुमाललाई अपाङ्गता अन्तर्गत पठनपाठन सहयोग व्यबस्थापन तथा पोषणयुक्त खानाको लागि राहत, रामपुर ७ कि सविना बिकलाई स्वास्थ्य उपचार खर्च बापत राहत गरि ६६ हजार रुपया राहत रकम हस्तान्तरण गरेको हो ।

राहत रकम हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख तथा आपतकालीन बाल उद्दार कोष संचालन तथा व्यबाथापन समितिका संयोजक रमण बहादुर थापाले कोषले समस्यामा परेका नगरबासीलाई सहयोग पुर्‍याउने बताउनुभयो ।
उहाँले राज्यले केही गर्दो रहेछ है, हामी पढ्नै नसक्ने, उपचार नै गर्न नसक्नेलाई हेर्दो रहेछ है भन्ने ध्ययले सरकारको प्रत्याभुति गराउन रकम दिएको बताउदै बच्चाको पढाइ र स्वास्थ्य उपचारको लागि पाएको रकम सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख तथा आपतकालीन बाल उद्दार कोष संचालन तथा व्यवस्थापन समितिका सदस्य बिष्णुदेवी घिमिरे आचार्यले दु:खमा रहेका नगरबासी संग नगरपालिका सदैव रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले परेको निबेदनको आधारमा नगरले बाल उद्दार कोषबाट सहयोग गरेको बताउनुभयो । आपतबिपतमा परेका बालबालिकालाई सहयोग गरेमात्र उनीहरुको पठन, व्यबहारमा हौसला मिल्ने भएकाले यो कोष स्थापना गरिएको सुवेदीले बताउनुभयो । राहत सहयोग हस्तान्तरण कार्यक्रमको संचालन सहायक महिला विकास निरीक्षक पुजा परियारले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com