2

Logo २०८३ बैशाख १३ आइतबार
सहमतिको प्रयासमा पाल्पा गठबन्धन

सहमतिको प्रयासमा पाल्पा गठबन्धन


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९
1.8K

पाल्पा ।

सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालेमेल गर्ने विषयमा पाल्पामा सहमति नजिक पुगेको राजनीतिक संयन्त्रले बताएको छ । २ दिन अघि सम्म गठबन्धनको बैठक बसेपनि उपलब्धी झण्डै नभएको बताएको संयन्त्रले आइतबारको बसाईले केही उपलब्धि दिएको हो ।

गठबन्धनमा आबद्ध पाँच दलबिच सिट बाँडफाँडको विषयमा छलफल भए पनि सबैमा सहमति भने हुन सकेको छैन । १० स्थानीय तह रहेको पाल्पाका ८१ वटा वडामै चुनावी तालमेल गर्ने गरि संयन्त्र लागेको हो। तर गठबन्धनमा आबद्ध दलहरुले आ–आफ्नो दावी अघि सार्दै आएका छन् ।

पाल्पामा यस अघि ४ स्थानीय तह काङ्ग्रेसले जितेको थियो । अन्य ६ पालिका एमालेले जितेको थियो । पाचदलिय गठबन्धन कार्यदलको आइतबार साझसम्म बसेको बैठकले सहमति नजिक पुगेको र सोमबार बिहान बस्ने बैठकले सहमतिलाई टुङ्गोमा पुर्याउने अघि बढेको कार्यदलमा सहभागी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो । पाल्पामा नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठको नेतृत्वमा कार्यदल बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com