2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनीमा ५ दल बाहेक अन्य संग तालमेल नहुने

लुम्बिनीमा ५ दल बाहेक अन्य संग तालमेल नहुने


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
1.5K

रुपन्देही ।

लुम्बिनी प्रदेश सत्ता गठवन्धन दलहरूले पाँच दल बाहेक अन्य दलहरूसँग तालमेल नगर्ने भएका छन् । सोमबार दिउसो बुटवलमा बसेकाे सत्ता गठवन्धन पाँच दलको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका पाँच दल बाहेक अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी गठबन्धनका पाँच दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ भने जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले गबन्धन दलको संयुक्त स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ । जसको कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुमकान्त न्याैपाने, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टी अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन् ।

विगत ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धी गणतन्त्र प्रतिगमनका कारण धरापमा परेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेको भन्दै बैठकले आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता अपरीहार्य रहेको गठवन्धनद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको महसुस गर्दै बैठकले चुनावी गठबन्धन दलहरूमा आवद्ध दलहरू आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो।

विज्ञप्तिमा नेपाली कांग्रेस सभापति अमरसिंह पुनमगर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अध्यक्ष सुदर्शन बराल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्रे आलमकाे हस्ताक्षर रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com