टिपर दुर्घटनामा सहचालकको ज्यान गयो
टिपर दुर्घटनामा सहचालकको ज्यान गयो
680
काठमाडौं । काठमाडौंको नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गएराती मेलम्चीबाट आउँदै गरेको बा ४ख ६३७९ नं को टिपर शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा दुर्घटना भएको हो । दुर्घटनामा धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय किरण बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट झण्डै १०० मिटर तल खसेको थियो । टिपरले किचेर सहचालक बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक भने फरार छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट