2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाका सुरक्षा निकायका प्रमुखहरु कालीगण्डकी नदी र्‍याफि्टङमा

पाल्पाका सुरक्षा निकायका प्रमुखहरु कालीगण्डकी नदी र्‍याफि्टङमा


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
4K

पाल्पा ।

पाल्पा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु शुक्रबार कालीगण्डकी नदीमा र्‍याफि्टङमा सहभागी भएका छन् ।

नदीमा नियमित र्‍याफि्टङ सन्चालानार्थ गाइडका लागि चलाइएको प्राबिधिक प्रशिक्षण तालिम समापनको अबसरमा आयोजकले र्‍याफि्टङको आयोजना गरेको हो ।       

र्‍याफि्टङमा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, प्रमुख सेनानी रमेश खड्का, पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाही, अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक गोपाल पन्थी, शशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार सिह लगायतका सुरक्षा निकायका सहभागी हुनुहुन्छ ।
रम्भा गाउँपालिका १ हुगीघाट देखि रामपुर नगरपालिका ८ भुजात सम्म सन्चालन भएको र्‍याफि्टङमा काठमाडौं टिम सहित रामपुर क्षेत्रका बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । ५ बोटमा २६ जनाको टोली र्‍याफि्टङमा सहभागी थियो ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा, नारा सस्थाको सहकार्य संगै रामपुर नगरपालिकाको आयोजनामा गत चैत १२ गतेदेखि युवाहरुलाई गाइड तालिम संचालन भएको थियो ।           

दिगो पर्यटन प्रबर्द्धनका लागि नदी आसपासका युवाहरुलाई व्यबसायिक र्‍याफि्टङ सन्चालनको लागि सक्षम बनाउन तालिम आयोजना गरेको हो । पर्यटकीय क्षेत्र रामपुर ८ भुजातमा कार्यक्रम गरि तालिम समापन गरिएको हो।
जिविकोपार्जन पूनरुत्थापनका लागि दिगो पर्यटन परियोजना (STLRP) अन्तर्गत स्थानीय युवाहरुलाई रोजगार स्थापित गर्ने उद्देश्यले नेपाल सरकारको योजना अनुसार कालीगण्डकी नदीमा र्‍याफि्टङ सन्चालनको लागि तालिमको आयोजना गरिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । परम्परागत रुपमा नदीमा बोट चलाउने र तालमा बोट चलाउनेहरु बढीमात्रामा तालिममा सहभागी भएकाले बिज्ञबाट तालिम लिएपछि यस भेगका युवाहरुले व्यबसायिक रुपमा नदीमा र्‍याफि्टङ चलाउन सक्ने भएको थापाले बताउनुभयो ।                                                   
नेपाल सरकारले कालीगण्डकी नदीको तल्लो क्षेत्र राम्दी देखि देवघाट सम्म र्‍याफि्टङ सन्चालनको लागि संभाव्यता अध्ययन गरि सकेको छ । पर्यटन वोर्डको सहकार्यमा स्थानीय तहले दिगो रुपमा नदीमा बोट सन्चालनको लागि करिव ४ बर्ष अघिदेखि कार्यक्रम गर्दै आएको छ ।                           

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com