2

Logo २०८३ बैशाख १३ आइतबार
आयात-निर्यातलाई चोभार सुख्खा बन्दरगाहले थप सहज बनाउछ- प्रधानमन्त्री देउवा

आयात-निर्यातलाई चोभार सुख्खा बन्दरगाहले थप सहज बनाउछ- प्रधानमन्त्री देउवा


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
876

काठमाडौं । चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । मंगलबारदेखि संचालनमा आएको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने बताउनुभयो ।

चोभार सुख्खा बन्दरगाहको विशेष महत्व छ देउवाले भन्नुभयो- बन्दरगाहले व्यापारलाई सहज मात्र होइन पारदर्शी बनाउन महत्वपूर्ण भुमिका खेल्छ । विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २ सय २० रोपनी  क्षेत्रफलमा २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य शुरु भएको हो।

          विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सहमति भएको थियो । सन् २०१९ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com