2

Logo २०८३ बैशाख १३ आइतबार
कांग्रेसले उम्मेदवार टुङ्गग्याउने समय तालिका निर्धारण गर्यो

कांग्रेसले उम्मेदवार टुङ्गग्याउने समय तालिका निर्धारण गर्यो


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
1.1K

काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को बैठकले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले चुनावी गतिबिधीलाई तिब्रता दिने जनाएको हो । प्रदेश र पालिकामा सभापतिको संयोजकत्वमा परिचालन समिति बनाउने, संसदिय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन बाकी भए तत्काल गर्ने निर्णय गरेको छ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा यही हप्ता गठित परिचालन समितिले वडादेखि उपमहानगरपालिका सम्मका उम्मेदवार टुंग्याउने गरि समय निर्धारण गरेको छ।

जस अनुसार-

वडा कार्यसमितिले चैत २१
पालिकाले चैत २३ सम्म

प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५

प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७

जिल्ला कार्यसमितिले चैत २९ र

प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले परिपत्र गरेर सबै जिल्लामा आगामी वैशाख ३० गते सम्पन्न हुने निर्वाचनको लागि उमेदवार टुङ्गो लगाउन भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com