2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर उद्योग वाणिज्य संघको तेस्रो कार्यकाल पनि ढकालकै नेतृत्वमा

रामपुर उद्योग वाणिज्य संघको तेस्रो कार्यकाल पनि ढकालकै नेतृत्वमा


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
1.3K

पाल्पा । पाल्पाको रामपुर उद्योग वाणिज्य संघको तेस्रो कार्यकाल निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल कै नेतृत्वमा समझदारी भएको छ ।
राजनितिक दल र एशोसियटको भागवण्डाको आधारमा समिति चयन भएको हो । समझदारीपछि निर्वाचनको मनोनयनमा एकोहोरो मनोनयन दर्ता परेपछि निर्वाचन समितिले निर्वाचन तालिका अनुसार नाम सार्वजनिक गरेको हो ।

संघको वाणिज्य उपाध्यक्षमा बिष्णु बहादुर सारु, उद्योग उपाध्यक्ष भरत देबकोटा सहित अन्यलाई सदस्यमा चयन गरेको हो । संघको पहिलो बैठकले सदस्य रुद्रनारायण श्रेष्ठलाई बरिस्ठ उपाध्यक्ष, खिम बहादुर के.सी.(पुरुषोत्तम)लाई महासचिव, बिनोद श्रेष्ठलाई सचिव र राजेन्द्र देवकोटालाई कोषाध्यक्षमा मनोनयन गरेको छ । संघको सदस्यमा खेमनारायण काफ्ले, हरि प्रसाद गैरे, शुरेस रायमाझी, सुर्य प्रसाद खनाल, गिता देवी बि क, खेमराज गौतम, लक्ष्मी बास्तोला, सुर्य प्रसाद श्रेष्ठ, टेक प्रसाद श्रेष्ठ, दिनेश आचार्य,सुर्य भट्टराई, कृष्ण प्रसाद आचार्य, प्रेम प्रकाश ढकाल, लाल बहादुर केसी, पुननारायण श्रेष्ठ, थानेश्वर अधिकारी, राजेन्द्र प्रसाद देवकोटा, मित्रलाल देवकोटा, बिष्णु प्रसाद पौडेल, उमाकुमारी श्रेष्ठ र ज्ञानेन्द्र प्रसाद गैरे रहनुभएको छ ।

२७ सदस्यीय नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत मुरारी प्रसाद काफ्लेले सपथ एवं पदभार ग्रहण गराउनु भएको छ । सोही अबसरमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले निजि, सरकारी सस्था मिलेर मात्र देश विकास सम्भव हुने बताउनुभयो । नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले रामपुर क्षेत्र र यहाँको पर्यटनमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पदभार ग्रहण गर्दै निर्वाचित अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कोभिडले थलिएको व्यापार व्यबसायलाई उकास्ने काममा आफू दत्तचित्त भएर लाग्ने बताउनुभयो । संघको भवन निर्माण कार्यलाई पनि अगाडी बढाउनमा आफू लागि पर्ने उद्द्घोष गर्नुभयो ।
पाल्पा उद्योग वाणिज्य संघ भएको अबस्थामा रामपुर नगरपालिका घोषित भएसंगै २०७२ सालमा रामपुर उद्योग वाणिज्य संघको स्थापना भएको हो । तदर्थ समितिको संयोजक रहनुभएका ढकालकै अध्यक्षतामा तेस्रो कार्यकाल अघि बढेको छ ।

जिल्ला सदरमुकाम तानसेन देखि झण्डै ६५ किलोमिटर पूर्वमा रहेको रामपुर नगरपालिका व्यबसायिक रुपले फड्को मारिरहदा यस क्षेत्रका व्यबसायीको भेलाले संघ स्थापना गर्ने सोचले अघि बढेका थिए । असोज २४ गते जिल्ला प्रशासन कार्यालय पाल्पामा संस्था दर्ता भएको थियो । शुरुवातमा १ सय २९ सदस्यबाट शुरु भएको संघमा हाल ६ सय भन्दा बढी सदस्य आबद्ध छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com