2

Logo २०८३ बैशाख १३ आइतबार
अन्तर प्रदेश स्तरीय भाडा वृद्धि

अन्तर प्रदेश स्तरीय भाडा वृद्धि


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
1K

 

काठमाडौं । सरकारले अन्तर प्रदेश स्तरीय सार्वजनिक यातायातका साधनमा भाडा वृद्धि गरेको छ। भाडा वृद्धि रुट र भाडाबारे आइतवार मात्र सार्वजनिक हुनेछ ।

यातायात व्यवसायीको माग बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार ११ देखि १३ प्रतिशत भाडा बढाएको जनाएको छ।
यो भाडा काठमाडौं उपत्यका लगायत प्रदेश भित्रै चल्ने सवारीसाधनमा भने बढाइएको छैन । अन्तर प्रदेश स्तरीय आवागमनमा भाडा बढाइएको हो । पेट्रोलियम पदार्थको मूल्य बढेपछि व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन आग्रह गर्दै आएपछि बढ्दो तेलको अबस्था हेरेर भाडा बढाइएको यातायात व्यवस्था विभागका निर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो। तेलको मूल्य र भाडामा नियमित समायोजन गर्दै जाने घिमिरेको भनाई छ ।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम यात्रुवाहक र मालवाहकसहित भूगोलअनुसार हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com