नेपाल पत्रकार महासंघको स्थापना दिवस
मृगौला, दन्त परिक्षण र रक्तदानको आयोजना
काठमाडौं।
नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस महासंघको कार्यालय संचारग्राममा मनाइएको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा बुधबार बिहान प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ । सिनामंगलदेखि सञ्चारग्राम सम्म प्रभातफेरी, महासंघको परिसरमा निशु:ल्क दन्त परिक्षण, मृगौला परिक्षण तथा रक्तदान गरि दिवस मनाइदैछ। कार्यक्रममा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले बोल्दै स्वास्थ्य महत्वपूर्ण भएको बताउदै समुदायमा स्वास्थ्य सचेतना पुर्याउने पत्रकारको भुमिका अहम रहेको उल्लेख गर्नुभयो। महासंघले दिउँसो बानेश्वरमा एक कार्यक्रमको आयोजना गरेको छ ।
यसैबिच नेपाल पत्रकार महासंघ जिल्ला तथा प्रतिष्ठान शाखाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदैछ्न् ।