ओमसतियाका भुुमीहिनलाई लालपुुर्जा बितरण
रुपन्देही ।
रुपन्देही जिल्लाको ओमसतिया गाँउपालिका २ करबलाका भुुमीहिनले जग्गाधनी लालपुुर्जा पाएका छन् ।
लामो समयदेखि भुुमी नपाएका ति गाँउका २४ घरधुरी नागरिकलाई बुुधवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लालपुुर्जा बितरण गर्नुभएको छ ।

पुर्जा वितरण गर्दै नेता खाणले यसपटक छुुटेका अन्य भुुमीहिनलाई समेत छिट्टै लालपुुर्जा बितरणको लागी पहल गर्ने बताउनुभयो । जिल्लामा रहेका अन्य भुुमीहिनलाई भुुमी दिलाउन र अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न कांग्रेसले पहिलो प्राथमिकतामा राखेको बताउदै खाणले भुुमीहिनको बिबरण सकंलन र जग्गा नापजाँच भईरहेको जानकारी दिनुभयो ।
जिल्लामा राष्ट्रिय भुुमी आयोग रुपन्देहीले जग्गा नापजाँच गरीरहेको छ । त्यस्तै नेता खाणले जन्मसिद्ध नागरीकतामा देखिएको समस्या समाधानका लागि समेत पहल गर्ने बताउनुभयो । वडाध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको संघर्षपछि भुुमीहिनलाई भुुमी दिलाउन सफल हुँदा गौरव लागेको बताउनुभयो । केही समयमा सोही बडाका बर्दीहवा र बिरनगरमा रहेका भुुमीहिनलाई गाँउ ब्लकको जग्गा लालपुर्जा बितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

