2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा ढाकाको राजधानी, प्रदेश मन्त्री घर्तीद्दारा ढाका कपडाको राजधानी घोषित

पाल्पा ढाकाको राजधानी, प्रदेश मन्त्री घर्तीद्दारा ढाका कपडाको राजधानी घोषित


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
1.2K

पाल्पा ।

ढाका पाल्पाको चिनारी हो । यही चिनारीलाई ब्राण्डिङ गर्दै अगाडी बढेको केही समयमा पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ। जिल्लाको तानसेनमा भएको  कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कानूनमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको हो ।

                                                                                              पाल्पाको तानसेनमा मात्र ढाका उत्पादन हुन्छ । उत्पादित ढाका कपडा यही बर्षदेखि ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएको छ । पाल्पामा उत्तिकै मात्रामा पुर्वेली र बाहिरबाट ल्याएको ढाकाको कपडा बिक्रि हुँदै आएको छ । पाल्पाली ढाका चिन्नेले यहीको ढाका प्रयोग गर्छन् भने स्थानीय उत्पादन महँगोको तुलनामा अन्य ढाका र ढाकाको प्रिन्टिङ भएको नै किन्ने गर्दछ्न् । ब्राङ्डिङपछि पाल्पाली ढाका संघले ढाका राजधानीका रुपमा पाल्पालाई विकास गरेको हो।
घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार  सिर्जना गर्न सकिने बताउनुभयो।                                         मन्त्रालयका सहसचिव दुवाडीले पाल्पालाई राजधानी घोषणा अवसर र चुनौती संगसंगै आएको बताउनुभयो । तानसेन नगरप्रमुख अशोककुमार शाहीले विभिन्न क्षेत्रको सहयोगमा पाल्पालाई ढाकाको राजधानी घोषणा गर्न सकिएको बताउनुभयो।
स्थानीय पूर्णमाया महर्जनले पाल्पा वि.स २०१५ देखि ढाका कपडाका रूपमा पहिचान बोकेको र महिला तथा विपन्न वर्गका नागरिकलाई रोजगारी समेत सकेको बताउनुभयो । पाल्पामा बनेको पाल्पाली ढाका टोपी र यहाँका ढाका कपडाबाट तयार पारिएका विभिन्न सामग्रीहरुको महत्त्व स्वदेश र विदेशमा उत्तिकै बढेको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले ढाका कपडाको गुणस्तरमा जोड दिएका थिए । हाल जिल्लामा तीन दर्जन ढाका उद्यमी तथा व्यापारी छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com