2

Logo २०८३ बैशाख १३ आइतबार
कालीगण्डकी नदीमा गाइड प्राविधिक प्रशिक्षण तालिम शुरु

कालीगण्डकी नदीमा गाइड प्राविधिक प्रशिक्षण तालिम शुरु


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र १४ २०७८
806

पाल्पा ।

कालीगण्डकी नदीमा नियमित र्‍याफि्टङ सन्चालानार्थ गाइडका लागि प्राबिधिक प्रशिक्षण तालिम शुरु भएको छ ।                                                                                                                                                        नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नारा सस्थाको सहकार्य र रामपुर नगरपालिको आयोजनामा नदी आसपासका युवाहरुलाई नै तालिमको आयोजना गरिएको हो । पर्यटकीय क्षेत्र रामपुर ८ भुजातमा कार्यक्रम गरि तालिम शुरु गरिएको छ । नाराका प्राबिधिक तथा पर्यटन बोर्डका प्रतिनिधिको रहोबरमा तालिम चलेको हो ।

जिविकोपार्जन पूनरुत्थापनका लागि दिगो पर्यटन परियोजना (STLRP) अन्तर्गत स्थानीय युवाहरुलाई रोजगार स्थापित समेत गर्ने उद्देश्यले नेपाल सरकारको योजना अनुसार कालीगण्डकी नदीमा र्‍याफि्टङ सन्चालनको लागि तालिमको आयोजना गरिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । नेपाल सरकारले कालीगण्डकी नदीको तल्लो क्षेत्र राम्दी देखि देवघाट सम्म र्‍याफि्टङ सन्चालनको लागि संभाव्यता अध्ययन गरि अगाडि बढाएको छ ।                                                                                            पर्यटन वोर्डको सहकार्यमा स्थानीय तहले दिगो रुपमा नदीमा बोट सन्चालानार्थ तालिमको आयोजना गरेको हो । तालिम १५ दिन सम्म चल्नेछ । तालिममा २४ जनाको सहभागिता रहेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com